नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो, झापामा थप एक जनालाई संक्रमण पुष्टि
ओके खबर
१४ बैशाख २०७७, आईतवार १९:०७ मा प्रकाशित (३ साल अघि)
४६० पाठक संख्या
काठमाडौं । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।
आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।