विद्यार्थी र मजदुर बोकेको बस दुर्घटना, एकजनाको घट्नास्थलमै मृत्यु

ओकेखबर संवाददाता १३ बैशाख २०७७, शनिबार ०९:४९ मा प्रकाशित ( साल अघि) ११७९ पाठक संख्या

काठमाडौं । काठमाडौँबाट उदयपुर आउदैँ गरेको बस दुर्घटना हुँदा एकजनाको घट्नास्थलमै मृत्यु भएको छ । भने एकजना घाइते भएका छन ।

काठमाडौंबाट हिजो बेलुका विद्यार्थी र मजदुर लिएर उदयपुर आउँदै गरेको बा३ख ४०३६ नम्बरको बस बर्दिबासमा दुर्घटना हुँदा बसका सह–चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

मृत्यु हुनेमा दोलखाका अन्दाजी २३ वर्षीय बाबुराम विश्वकर्मा रहेका छन भने घाइते प्रदीप विश्वकर्माको बर्दिबासस्थित सुस्वास्थ्य हस्पिटलमा उपचार गरिएको छ । बसमा जम्मा ३५ यात्रु थिए । तीमध्ये ३४ जनालाई चौदण्डीगढी नगरपालिकासँगको समन्वय अर्को बसमा हालेर पठाइएको छ ।

तीव्र गतिमा रहेको बस मोड्ने क्रममा दुर्घटना भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


सम्बन्धित खबरहरु