आज: 

धादिङमा विधुत् सर्ट हुँदा २ को मृत्यु, ७ घाइते

ओके खबर ९ बैशाख २०७७, मंगलवार ०८:२२ मा प्रकाशित ( साल अघि) ५१९ पाठक संख्या

धादिङ । धादिङको थाक्रेमा विधुत् सर्ट हुँदा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । मोबाइल लगायतका अन्य इलेक्ट्रोनिक्स सामान पड्केर सात जना घाइते भएका छन् ।

सोमबार राति साँढे ९ बजेतिर ट्रान्समिटर पड्किएर हाइभोल्टेज आउँदा थाक्रे ३ मल्डुङ्गका स्थानीय २३ वर्षीय सागर अर्याल र ४५ वर्षीय सानुबाबु तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलयका एसपी रविन्द्र रेग्मीका अनुसार सोमबार राति नै सातजना घाइतेमध्ये दुईजनालाई  काठमाडौं लागिएको थियो भने अन्य पाँचजनालाई स्थानीय मेडिकलमा उपचारको लागि लगिएको थियो ।

सतै जना घाइतेहरुको डिस्चार्ज भइसकेको पनि रेग्मीले जानकारी दिए ।

घटनाको अन्य विवरण आउँन भने बाँकी छ ।


सम्बन्धित खबरहरु