आज: 

कैलालीका युवाले पनि जिते कोरोनालाई, आज घर जाँदै

ओके खबर ७ बैशाख २०७७, आईतवार १७:३० मा प्रकाशित ( साल अघि) ३८९ पाठक संख्या

काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका राज विक आइतबार कोरोनासँगको लडाँइ जितेर घर फर्केका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय ती युवाले कोरोनालाई जित्न सफल भएका हुन् ।

चैत २२ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना थिए ।

दुई पटक पिसिआर परीक्षण गर्दा उनमा नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको हो। अस्पतालकै गाडीमा राखेर उनलाई घर पठाइएको छ।

मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई २२ गते कोरोना पोजिटिभ देखिएको थियो। १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किएका हुन्।

उनीसँगै अब नेपालमा कोरोना स‌ंक्रमित ४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। जम्मा ३१ जना संक्रमित देखिएकोमा २७ जना अस्पतालमा उपचाररत छन्।


सम्बन्धित खबरहरु