लकडाउन उल्लंघन गर्दै मस्जिदमा नमाज पढ्ने १४ पक्राउ

ओकेखबर संवाददाता ७ बैशाख २०७७, आईतवार १७:०२ मा प्रकाशित ( साल अघि) ५७५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि लागु गरिएको लकडाउन उल्लंघन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना कपिलवस्तुबाट पक्राउ परेका छन् ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–७ स्थित मस्जिदमा सामूहिक नमाज पढ्ने १४ जनालाई आइतबार दिउँसो १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय, बकडीबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सबै मायादेवी गाउँपालिका–७ का स्थानीय हुन् ।

कोरोना भाइरसविरुद्ध लड्न सरकारले लकडाउनको घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले धार्मिकस्थलमा भीडभाड नगर्न सार्वजनिक अपिल गर्दै आएको छ ।


सम्बन्धित खबरहरु