कोरोनाबाट अमेरिकामा मात्रै ३९ हजार भन्दा बढिको मृत्यु, एकैदिन २९ हजार संक्रमित थपिए

ओकेखबर संवाददाता ७ बैशाख २०७७, आईतवार ०८:११ मा प्रकाशित ( साल अघि) ५६८ पाठक संख्या

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को इपिसेन्टर बनेका अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ हजार नाघेको छ ।

शनिबार १८ सय ६७ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ हजार १४ जनाले ज्यान गुमाइसकेक छन् । अमेरिकामा संक्रमितको संख्या ७ लाख ३८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २९ हजार संक्रमित थपिएका छन् ।

हालसम्मका संक्रमितमध्ये ६८ हजार संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यहाँ ६ लाख ३१ हजार व्यक्तिको उपचार जारी छ । जसमध्ये साढे १३ हजार संक्रमितको अवस्था गम्भीर रहेको वर्ल्र्डोमीटरले जनाएको छ । अमेरिकामा हालसम्म ३७ लाख २२ हजार बढीको कोरोना परीक्षण गरिसकिएको छ ।

विश्वका २ सय १० देशमा फैलिएको कोरोनाबाट आज बिहानसम्म संक्रमितको संख्या २३ लाख ३० हजार नाघेको छ । जसमध्ये १ लाख ६० हजार बढीको मृत्यु हुँदा ५ लाख ९६ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् ।


सम्बन्धित खबरहरु