महामारीबाट जापानको स्वास्थ्य प्रणाली ध्वस्त हुनसक्ने डाक्टरको चेतावनी

ओकेखबर संवाददाता ७ बैशाख २०७७, आईतवार ०७:२५ मा प्रकाशित ( साल अघि) ५२६ पाठक संख्या

काठमाडौं । जापानका डाक्टरहरुले विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) कोसंक्रमणका कारण मुलुकको स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुन सक्ने चेतावनी दिएका छन् ।

अहिले जापानमा अत्यधिक चापको कारण केही गम्भीर बिरामीलाई पनि इमर्जेन्सीमा रुपमा राखेर उपचार गर्न नसकिने अवस्था आएको अधिकारीहरुले बताएका छन् ।

शुरुवातमा कोरोना भाइरसलाई नियन्त्रणमा राख्न सफल भए पनि जापानमा अहिले संक्रमितको संख्या १० हजार नाघिसकेको छ । यसबाट अहिलेसम्म दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

जापानको जीपीएस (जनरल प्राक्टिसनर सर्जरीज) का डाक्टरको समूहले जापानमा कोरोना भाइरसका बिरामी परीक्षणमा सहयोग गरिरहेको अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।

जीपीएसका सहायक प्रमुख कोनोसिन टामुराले मुलुकको स्वास्थ्य प्रणाली बचाउन आफूहरुले यस्तो प्रयास गरिरहेको बताए । उनले अहिले सबै मानिसले सहयोगको हात अघि बढाउनु जरुरी रहेको बताए । अन्यथा, मुलुकको स्वास्थ्य प्रणाली ध्वस्त हुने उनको चेतावनी थियो ।

पछिल्लो समय उल्लेख्य मात्रामा कोरोना भाइरसका बिरामी भेटिएसँगै जापानमा अन्य गम्भीर अवस्थाका बिरामीको उपचार पनि प्रभावित बन्न पुगेको छ ।


सम्बन्धित खबरहरु