कोरोना अपडेट : मृतक १ लाख ६० हजार नाघ्यो, कुन देशमा कति ? सूचिसहित

ओकेखबर संवाददाता ७ बैशाख २०७७, आईतवार ०६:३५ मा प्रकाशित ( साल अघि) १३४७ पाठक संख्या
एजेन्सी । चिनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख ६० हजार ७५४ जनाको ज्यान गएको छ ।

२३ लाख ३० हजार ८५२ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ५ लाख ९६ हजार ४८२ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ७ लाख ३८ हजार ७५२ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ३९ हजार १४ ले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा १ लाख ९४ हजार ४१६ जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा २० हजार ६३९ जनाको ज्यान गएको छ ।

ओल्र्डोमिटर्रसका विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।


सम्बन्धित खबरहरु