आज: 

भारतबाट आएका १४ वर्षीय बालकमा कोरोनाको एन्टीबडी पोजेटिभ

ओके खबर ६ बैशाख २०७७, शनिबार ११:५७ मा प्रकाशित ( साल अघि) ५९१ पाठक संख्या

सर्लाही । कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) गर्दा १४ वर्षीय बालकमा रिपोर्ट कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहज बहादुर जिसीका अनुसार सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका एक जना १४ वर्षीय बालकमा र्‍यापिड टेष्ट गर्दा कोरोना भाइरसको एन्टीबडी देखिएको हो ।

चैत २३ गते भारतको दिल्ली हुँदै सर्लाही पुगेका ती बालकसंगै क्वारेन्टाईनमा रहेका अर्का एकजनाको भने र्यापिड टेस्टको नतिजा नेगेटिभ आएको छ।

एन्टीबडी देखिएका ती बालकलाई राति नै जनकपुरधाम पठाइएको जिसीले बताए।


सम्बन्धित खबरहरु