र्‍यापिड टेष्ट पोजेटिभ देखिएका धादिङका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

ओकेखबर संवाददाता ५ बैशाख २०७७, शुक्रबार १२:२४ मा प्रकाशित ( साल अघि) ५९२ पाठक संख्या

धादिङ । कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) रिपोर्ट पोजेटिभ आएका धादिङका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

मंगलबार धादिङको ज्वालामुखी गाउँपालिकामा र्‍यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

ज्वालामुखी गाउँपालिका वडा नं ३ का २७ वर्षीय दिपक सापकोटाको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको पिसिआर परीक्षणमा कोरोना नभेटिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

सापकोटा दक्षिण कोरिया बसेर गत फागुन २१ गते घर फर्किएका थिए ।

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि धादिङ अस्पतालमा भर्ना गरिएको थियो ।

उनमा कोरोनासँग मिल्दो जुल्दो कुनै लक्षण नदेखीएको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


सम्बन्धित खबरहरु