आज:
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लिनका नेपाल एयरलायन्सको दुईवटा चार्टर्ड विमान आज चीन जाने भएका छन् ।
एउटा साँझ ५ : ४५ मा उडान गर्ने छ भने अर्को जहाज ६ : ५ मिनेटमा चीन जाने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
काठमाडौंबाट ग्वान्झाओ जाने दुवै विमान स्वास्थ्य सामाग्री लिएर भोली फर्किनेछन् ।
औषधी व्यवसायीले खरिद गरेर राखेका स्वास्थ्य सामाग्री लिन विमान त्यसतर्फ जान लागेको बताइएको छ ।