सप्तरीमा र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ

ओकेखबर संवाददाता ३ बैशाख २०७७, बुधबार १८:४१ मा प्रकाशित ( साल अघि) १९६ पाठक संख्या

सप्तरी । कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) रिपोर्ट पोजेटिभ आएका सप्तरीका दुईजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनामा रिपोर्ट पोजेटिभ आएको थियो ।

तिलाठी कोइलाडी गाउँपालिकाका एक र खडक नगरपालिकाका एक जनाको पीसीआर विधिबाट टेस्टका लागि स्वाव धरान पठाइएको थियो ।

धरानमा भएको पीसीआर परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।

आरडिटी परिक्षणमा सप्तरीको तिलाठी कोईलाडीका एकजना र खडग नगरपालिकाका १ जनामा पोजिटिभ रिपोर्ट आएपछि उनीहरुको घर रहेको बस्ती बुधबार बिहानबाट सिल गरिएको थियो।

यसैबीच मंगलबार आरडीटी परिक्षण गरिएका ७ जनासँगै दिल्लीको तवलिकी जमातबाट आएका अर्का एकजना र अन्य दुईजनाको बुधबार गजेन्द्रनारायण सिंह अस्पतालमा र्‍यापीड डायग्नोस्टिक टेस्ट गरिएको र रिर्पोट नेगेटिभ आएको छ।


सम्बन्धित खबरहरु