कोरोना अपडेट : सनसिटीमा रहेका २९८ को रिपोर्ट नेगेटिभ

ओकेखबर संवाददाता ३ बैशाख २०७७, बुधबार १८:३५ मा प्रकाशित ( साल अघि) १९१ पाठक संख्या

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका २९८ जनाको परीक्षण गरेकोमा सबैको केरोना संक्रमण नेटेगिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपार्टमेन्टमा बसेका दुईजनामा मङ्गलबार सङ्क्रमण देखिएपछि त्यहाँ अन्यलाई परीक्षण गर्दा सङ्क्रमण नभेटिएको जानकारी दिए ।

बेलायतबाट आई अपार्टमेन्टमा बसेका दुईजनामा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनले र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)मा पोजेटिभ देखिएका एकजनाको रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) परीक्षण गर्दा सङ्क्रमण नदेखिएको स्पष्ट पारे ।

बाहिरबाट आएका मानिसको प्लेन चढेको ठाउँको दुई सिटसम्म अगाडि र पछाडि रहेका व्यक्तिमा पनि ट्रेसिङ गरेर परीक्षण गरिएको छ । डा. देवकोटाले पिसिआरले १४ दिनभित्र सङ्क्रमणको भए÷नभएको पत्ता लगाउने र त्यसपछिको अवधिको परीक्षण आरडिटीले गरिने बताए ।


सम्बन्धित खबरहरु