आज: 

न्यूजिल्याण्डकी प्रधानमन्त्री तथा सबै मन्त्रीले ६ महिनासम्म २० प्रतिशत कम पारिश्रमिक लिने

ओके खबर ३ बैशाख २०७७, बुधबार १२:४४ मा प्रकाशित ( साल अघि) ३१९ पाठक संख्या

एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले आफूसहित मन्त्रीमण्डलका सबै सदस्यको २० प्रतिशत पारिश्रमिक आउँदो ६ महिनासम्म कट्टा गर्ने घोषणा गरेकी छन् ।

कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव कम गर्नका लागि आफूहरुको तर्फबाट गरिएको प्रयास रहेको प्रधानमन्त्री ज्यासिन्डाले बताएकी छन् । पारिश्रमिक कटौति गर्दा पैसा केही भए पनि जोगिने उनको भनाइ छ ।

आर्डेर्नको वार्षिक पारिश्रमिक दुई लाख ८५ हजार अमेरिकी डलर रहेको छ । साथै उनले निजी क्षेत्रका वरिष्ठ अधिकारीहरु र अन्य राजनेताहरुको पनि पारिश्रमिक कटौती गरिने बताएकी छिन् ।

न्युजिल्यान्डमा अहिलेसम्म एक हजार तीन सय ८६ जनामा सङ्क्रमण देखिएको छ भने ९ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसको महामारीका कारण काम प्रभावित हुँदा अर्थतन्त्रमा प्रभाव परेको र सर्वसाधारण नागरिकहरु सरकारी सहायताको भरमा रहेकाले त्यसलाई सम्बोधन गर्न आफूहरुले पारिश्रमिक कटौति गर्ने निर्णय गरेको उनले बताइन् ।


सम्बन्धित खबरहरु