सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षण सुरु

ओकेखबर संवाददाता ३ बैशाख २०७७, बुधबार १२:२२ मा प्रकाशित ( साल अघि) ४०९ पाठक संख्या

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) विधिबाट परीक्षण सुरु गरेको छ ।

५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका सनसिटी मा बुधबार बिहान साढे नौ बजेबाट आरडीटी विधिबाट परीक्षण सुरु भएको हो ।
कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाका अनुसार आज ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको हो ।

पाँच वटा ब्लक भएको सनसिटीमा मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


सम्बन्धित खबरहरु