भारतमा क्वारन्टीनबाट मानिसहरूको भागाभाग

ओकेखबर संवाददाता ३ बैशाख २०७७, बुधबार ११:४४ मा प्रकाशित ( साल अघि) ९२३ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाइरस ( कोभिड–१९) को संक्रमण रोक्न भारतमा सरकारले लकडाउनु लागु गरेपछि मानिसहरु शहरहरूबाट भागेर गाउँतिर पुगेका हजारौँ भारतीयहरू राखिएका क्वारन्टीन स्थलबाट भाग्न थालेका छन्।

उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्‌का भवनहरूमा क्वारन्टीन स्थल खडा गरिएका थिए।

तर तीमध्ये कैयन् स्थलमा आधारभूत सुविधा पनि उपलब्ध थिएनन्।

बिहारका केही क्वारन्टीन स्थलमा मानिसहरू रातिराति भाग्ने अनि दिउँसो फेरि निस्शुल्क भोजनका निम्ति फर्कने गरेको पाइएको छ। सघन बस्ती भएका यस्ता राज्यमा महामारी फैलियो भने भयङ्कर दुर्घटना हुने ठानिएको बीबीसीले जनाएको छ ।

 

यी राज्यका भारतकै अतिविपन्न वर्गमा पर्ने दशौँ लाख मानिसहरू दिल्ली, मुम्बई र कोलकाताजस्ता महानगरमा कामको खोजीमा पस्ने गर्छन्। कैयन् मानिस गुजरात राज्यको कपडा तथा हिरा उद्योगमा काम गर्न पुगेका हुन्छन्।

जब प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ मा कोभिड-१९ को सङ्क्रमण रोक्न देशव्यापी ‘लकडाउन’ घोषणा गरे तब अचानक कामविहीन एवम् जीविकोपार्जनविहीन बन्न पुगेका लाखौँ मानिस शहरबाट भाग्न थाले।

हजारौँ मानिस घर फर्कन थालेपछि यी दुई राज्यले फर्किएकाहरूका निम्ति अनिवार्य १४ दिने क्वारन्टीनको घोषणा गरेका थिए।

आफ्ना गाउँ छेउछाउमा खडा गरिएका क्वारन्टीन केन्द्रहरूबाट मानिसहरू या भागेका छन् या लुकीछिपी गाउँघर आउजाउ गरिरहेका छन्।

उत्तर प्रदेशका विभिन्न जिल्लाबाट त्यस्ता क्वारन्टीन उल्लंघनका विवरण आएका छन्। त्यहाँका स्थानीय पत्रकार तथा बासिन्दाले बताएका छन्।

बीबीसी ।


सम्बन्धित खबरहरु