गोरखामा पनि एकजनाको र्‍यापिड टेस्ट पोजेटिभ देखियो

ओकेखबर संवाददाता २ बैशाख २०७७, मंगलवार २०:०८ मा प्रकाशित ( साल अघि) २८२१३ पाठक संख्या

गोरखा । विदेशबाट फर्किएका गोरखाका एक युवाको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ ।

मंगलवार आरुघाटको स्वास्थ्य शाखाले कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) विधिबाट परिक्षण गर्दा ३१ वर्षिय युवकलाई कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष पुर्ण दाहालले जानकारी दिए ।

 

उक्त युवा बहराइनबाट गत चैत २३ गते आएका थिए ।
विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा उक्त युवाको रिपोर्ट पोजिटिभ देखिएको आरुघाटका स्वास्थ्य संयोजक विजय श्रेष्ठले जानकारी दिए ।

 

श्रेष्ठका अनुसार अनुसार उनलाई आइसोलेसनमा राखेर थप परिक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।

यस्तै फागुनमा दुवइबाट फर्किएका ३१ वर्षीय अर्का एकजनाको आरडिटिमा रिपोर्ट नेगेटिभ आएपनि उनको पनि स्वाब काठमाडौं पठाइएको छ ।

 

उनिहरु दुवैजना आरुघाट गाउँपालिका वडा नम्बर ५ का हुन् ।

यसअघि उनिहरुलाई कोरोनाका कुनै लक्ष्यण नदेखिएको बताइएको छ ।

उनिहरुको परिवारलाई होम क्वारेण्टीनमा राखिएको छ ।

स्वास्थ्य कार्यालयको आयेजनामा आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखाले विदेशबाट फर्किएका २२ जनामध्ये २० जनाको कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) विधिबाट परिक्षण गरेको थियो ।


सम्बन्धित खबरहरु