दुईसाता लम्बियो लकडाउन, १८ गतेसम्म सीमानाका बन्द

ओकेखबर संवाददाता २ बैशाख २०७७, मंगलवार १५:२६ मा प्रकाशित ( साल अघि) ६६८ पाठक संख्या

काठमाडौं । सरकारले दुईसाता लकडाउन लम्ब्याएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

 

नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि लकडाउनलाई अझै कडा बनाउने निर्णय भएको छ ।

त्यस्तै सरकारले वैशाख १८ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय पनि यसअघि गरिसकेको छ ।

सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।


सम्बन्धित खबरहरु