कोरोनाबाट ज्यान जानेको संख्या १ लाख १९ हजार नाघ्यो, झण्डै २० लाख संक्रमित

ओकेखबर संवाददाता २ बैशाख २०७७, मंगलवार ०६:३७ मा प्रकाशित ( साल अघि) ५४२ पाठक संख्या

एजेन्सी । चिनको वुहानबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख १९ हजार ५९९ जनाको ज्यान गएको छ ।

१९ लाख २३ हजार ७६९ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ४ लाख ४३ हजार ९४२ जना निको भएर घर फर्किएका छन् ।

ओल्र्डोमिटर्रसका विश्वभर यस महामारीबाट २१० देशहरु चपेटामा परेका छन् ।

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ५ लाख ८६ हजार ८६६ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने २३ हजार ६२१ ले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा १ लाख ७० हजार ९९ जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १७ हजार ७५६ जनाको ज्यान गएको छ ।

त्यस्तै ईटलीमा १ लाख ५९ हजार ५१६ जनामा संक्रमण पुष्टि भएको छ भने २० हजार ४६५ जनाकोे मृत्यु भएको छ ।

यता फ्रान्समा हालसम्म १ लाख ३६ हजार ७९९ मध्येमा १४ हजार ९६७ जनाले ज्यान गुमाइसकेका छन् ।

जर्मनिमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । त्याहाँ १ लाख ३० हजार ७२ जना संक्रमित भएको मा ३ हजार १९४ को मृत्यु भएको छ ।


सम्बन्धित खबरहरु