रूकुम पश्चिममा १२ वेडको आईसोलेशन भवन बन्दै

ओकेखबर संवाददाता १ बैशाख २०७७, सोमबार १७:५० मा प्रकाशित ( साल अघि) ३७९ पाठक संख्या

रुकुम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले १२ बेडको आईसोलेशन भवन निर्माणको कामलाई तीब्र गतिमा अघि बढाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई लक्षित गरी आईसोलेशन भवन निर्माणको काम अघि बढाएको हो ।
पालिकाले दश दिनमै सम्पन्न गर्ने गरी १२ बेडको आईसोलेशन भवन निर्माण गर्न लागेको छ ।

 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ बाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै वडानम्बर –९, को राडीबजारमा आईसोलेशन भवन निर्माण गर्न लागिएको हो । नगरपालिकाको पहलमा स्थानीय सर्वसाधारण, सहकारी, संघसंस्था धार्मिक समुह लगायतको समिति निर्माण गरी जनश्रमदानबाटै आाईसोलेशन भवन निर्माणको काम भईरहेको नगरप्रमुख गोर्ख बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार १२ बेडको आईसोलेशन भवनको ६ बेडमा अक्सिजन, एटेच बाथरुम, तातोपानी लगायतको सुविधा रहने र अन्य ६ वटा बेड सामान्य खालको हुने बताईएको छ ।

गएको मंगलबार देखी शुरु गरिएको आईसोलेशन भवन निर्माणका लागि दैनिक ४० भन्दा बढी श्रमिकहरु नियमित रुपमा काममा खटिएका छन् । तर स्थानीय बृद्धबृद्धा र महिलाहरुले भने स्वस्फूर्त रुपमै समयानुकुल भवन निर्माणको आशिंक काममा सहयोग गर्दै आएको नगरपालिकाले बताएको छ । उपकरण खरिद बाहेक ६९ लाख ४५ हजार खर्च लाग्ने यहाँको आईसोलेशन भवन निर्माणको कामले स्थानीयबासीमा समेत एकखालको उत्साह छाएको छ ।

दश दिनमै निर्माणको काम सकेर सञ्चालनमा आउने आईसोलेशन भवनमा १८ जना स्वास्थ्यकर्मी रहने बताईएको छ । हाल महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण पछि यो भवनलाई नगर अस्पत्ताल अनतरगत सरुवा रोग शाखाको रुपमा प्रयोग गरिने नगरपालिकाको भनाई छ ।


सम्बन्धित खबरहरु