बागलुङमा ६५ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ

ओकेखबर संवाददाता ३० चैत्र २०७६, आईतवार २१:०५ मा प्रकाशित ( साल अघि) ५७१ पाठक संख्या

बागलुङ । बागलुङमा ६५ वर्षीया एकजना महिलामा कोरोना संक्रमण देखिएकोे छ।

र्यापिड टेस्टका क्रममा बागलुङको काठेखोला गाउँपालिकाकी एक महिलामा आइतबार कोरोना संक्रमण देखिएको हो।

इकान्तिपुर लेख्छ, र्यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए।

 

लकडाउन शुरु हुनुअघि उनी भारतको गयामा तीर्थयात्रा गएको थाहा भएको छ। उनको साथमा गएका अन्य तीर्थयात्रीको खोजी भइरहेकोे गाउँपालिका अध्यक्ष अमर थापाले बताए।

धौलागिरी अस्पतालका डा. शैलेन्द्र पोखरेलले स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा पठाउने तयारी गरिरहेका बताए।

यसअघि बागलुङकै ६५ वर्षीया महिला र १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु दुवै धौलागिरी अस्पतालमा उपचाररत् छन्।


सम्बन्धित खबरहरु