कोरोना अपडेट: ज्यान जानेको संख्या १ लाख नाघ्यो

ओकेखबर संवाददाता २९ चैत्र २०७६, शनिबार ०९:५७ मा प्रकाशित ( साल अघि) ३७५ पाठक संख्या

एजेन्सी । चिनको वुहानबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) चिनमा नियन्त्रण भएतापनि युरोपका अन्य देशहरुमा आतंकित बनिरहेको छ ।

 

कोभिड १९ को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख २ हजार ७ सय ३४ जनाको ज्यान गएको छ ।

१६ लाख ९९ हजार ६ सय भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३ लाख ७६ हजार ३ सय २७ जना निको भएर घर फर्किएका छन् ।

 

विश्वभर यस महामारीबाट २०९ देशहरु चपेटामा परेका छन् ।

 

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ५ लाख २ हजार ८ सय ७६ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने १८ हजार ७ सय ४७ ले ज्यान गुमाइसकेका छन् ।

 

स्पेनमा १ लाख ५८ हजार २ सय ७३ जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १६ हजार ८१ जनाको ज्यान गएको छ ।

त्यस्तै ईटलीमा १ लाख ४७ हजार ५ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ भने १८ हजार ८ सय ४९ जनाकोे मृत्यु भएको छ ।

 

कोरोनाभाइरस संक्रमणबाट संयुक्तराज्य अमेरिका, इटाली, स्पेन, फ्रान्स, चीन, इरान, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम लगायतका मुलुकमा धेरै प्रभाव देखिएको छ ।


सम्बन्धित खबरहरु