अस्पतालमा उपस्थित नभएपछि पाँच चिकित्सक निष्काशित

ओकेखबर संवाददाता २६ चैत्र २०७६, बुधबार १८:०१ मा प्रकाशित ( साल अघि) ५४५ पाठक संख्या

बुटवल । अस्पतालमा विनाजानकारी अनुपस्थित भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पाँच चिकित्सकलाई सेवाबाट बर्खास्त गरेको छ ।

 

अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो ।

कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले तिनलाई सेवाबाट हटाउने निर्णय गरिएको डा खनालले बताउनुभयो ।

 

सेवाबाट हटाइएकामा रेडियोलोजी विभागका डा वरदान वली र डा ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा प्रकाश न्यौपाने, युरो सर्जन डा सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा प्रकृति कार्की छन् ।

उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए । हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन् ।


सम्बन्धित खबरहरु