भारतमा कोराना संक्रमणबाट १४ महिनाको शिशुको मृत्यु, संक्रमित पाँच हजार नाघ्यो

ओकेखबर संवाददाता २६ चैत्र २०७६, बुधबार ०८:०९ मा प्रकाशित ( साल अघि) ४८१ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण भारतमा १४ महिनाको शिशुको पनि मृत्यु भएको छ । गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा मृत्यु भएका यी बालक भारतमा कोभिड १९ का कारण मृत्यु हुने कम उमेरका व्यक्ति हुन् ।

भारतमा कोभिड १९ बाट संक्रमितको संख्या बुधबार बिहानसम्म ५ हजार ३ सय ५१ पुगेको छ ।

ओल्र्डोमिटरर्सका अनुसार मृतकको संख्या १६० पुगेको छ र उपचारपछि ४ सय ६८ जना निको भएका छन् ।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ । भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० रहेको थियो ।


सम्बन्धित खबरहरु