कोरोना प्रकोप : मृतकको संख्या ८२ हजार नजिक, संक्रमित १४ लाख नाघ्यो

ओकेखबर संवाददाता २६ चैत्र २०७६, बुधबार ०६:१३ मा प्रकाशित ( साल अघि) ५६८ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर हालसम्म ८१ हजार ९ सय ८७ जनाको ज्यान गएको छ ।

१४ लाख २५ हजार ९ सय ३२ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३ लाख १ हजार ८ सय २८ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय अमेरिकामा कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिएको छ । अमेरिकामा ३ लाख ९५ हजार ६ सय ७५ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने १२ हजार ४ सय ५२ ले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा १ लाख४१ हजार९ सय४२ जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १४ हजार ४५ जनाको ज्यान गएको छ ।

त्यस्तै ईटलीमा १ लाख ३५ हजार ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ भने १७ हजार १ सय २७ जनाकोे मृत्यु भएको छ ।

कोरोनाभाइरस संक्रमणबाट संयुक्तराज्य अमेरिका, इटाली, स्पेन, फ्रान्स, चीन, इरान, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम लगायतका मुलुकमा धेरै प्रभाव देखिएको छ ।


सम्बन्धित खबरहरु