चिनले नेपाललाई छिट्टै स्वास्थ्य सामग्री पठाउँने

ओकेखबर संवाददाता २५ चैत्र २०७६, मंगलवार ०८:१६ मा प्रकाशित ( साल अघि) ३२५ पाठक संख्या

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले चाँडै नेपाललाई मेडिकल सामग्री र उपकरण पठाउने बताएकी छन् ।

राजदूत यान्छीले नेपाल, दक्षिण एसियासहित विश्वका एक सय २० देशलाई चीनले सहयोग गरिरहेको उल्लेख गरेकी छन् ।

 

चिनियाँ राजदूत यान्छीले नेपाली सञ्चारमाध्यमलाई पठाएको प्रश्नोत्तरसहितको वक्तव्यमा चीनलाई गाह्रो परेका वेला नेपालले महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा व्यक्त गरेकी छन् । ‘चीनले पनि नेपाललाई सहयोग पुर्‍याउन कोसिस गरिरहेको छ । हाम्रो दूतावासले हालै नेपालका सम्बन्धित मन्त्रालयहरूसँग कागजात आदानप्रदान गरेको छ, भिडियोमा कुराकानी गरेको छ । महामारी रोकथाम र नियन्त्रण, क्लिनिकल उपचार, भन्सार क्वारेन्टाइनसम्बन्धी जानकारी र अनुभव हामीले सुनाएका छौँ,’ उनले भनेकी छन् ।

 

चीन र विश्वका अन्य देशमा महामारी फैलिएपछि नेपाल सरकारले अपनाएका उपायको उनले उच्च प्रशंसा गरेकी छन् । चीन सरकारले नेपाललाई भौतिक सहयोग गर्नेसमेत उनले आश्वासन पनि दिएकी छन् ।


सम्बन्धित खबरहरु