प्रधानमन्त्रीले आज ११ बजे देशवासीलाई सम्बोधन गर्ने

ओकेखबर संवाददाता २५ चैत्र २०७६, मंगलवार ०७:२६ मा प्रकाशित ( साल अघि) ५२४ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज (मंगलबार) बिहान ११ बजे सम्बोधन गर्न लागेका हुन्। उनी आफूले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए।

उनले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी छ।

सरकारले समग्र अवस्थाको मूल्यांकन गरी वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय सकारले गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सुरुमा एक साताका लागि लकडाउन तोकिएको थियो। त्यसयता कोरोना संक्रमितको संख्या नौ पुगेको छ। तीमध्ये ८ जना आइसोलेसनमा उपचाररत छन्। एक जना निको भई घर फर्किएका थिए।

त्यसो त कैलालीमा विदेशबाट फर्किएका एक जनामा देखिएको संक्रमण उनका आफन्तमा सरेपछि स्वास्थ्य मन्त्रालयले नेपाल दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो। त्यहाँको सुदूरपश्चिम प्रदेश सरकारले लकडाउन अवधि बढाउन सिफारिससमेत गरेको थियो।


सम्बन्धित खबरहरु