एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड १९) को प्रकोप झनै बढ्दै गएको छ । यस भाइरसको संक्रमणका कारण मंगलबार बिहानसम्ममा विश्वभर ७४ हजार ६ सय ३५ जनाको ज्यान गएको छ ।
१३ लाख ४४ हजार ८ सय ५९ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये २ लाख ७८ हजार ३ सय ३० जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो समय अमेरिकामा कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिएको छ । अमेरिकामा ३ लाख ६६ हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने १० हजार ८ सय ५९ ले ज्यान गुमाइसकेका छन् ।
कोरोनाभाइरस संक्रमण इटाली, स्पेन, संयुक्तराज्य अमेरिका, फ्रान्स, चीन, इरान, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम लगायतका २०९ मुलुकमा फैलिसकेको छ ।