विश्वभर कोरोनाको डर, किसानलाई भने खेतीकै भर (फोटो कथा)

ओकेखबर संवाददाता २२ चैत्र २०७६, शनिबार १७:४२ मा प्रकाशित ( साल अघि) १२०४ पाठक संख्या

धादिङ । कोरोना भाइरसका कारण विश्व त्रस्त र देश लकडाउनमा रहँदा धादिङको सिद्धलेक गाउँपालिका-५ टकटकेका किसानलाई खेतमा चैते धान रोप्ने चटारो छ ।

‘नगरि काम पुग्दैन खान साँझ र बिहान’ भनेझै झिसमिसेमै उठेर बिहानीपख क्षितिजमा घाम झुल्केसंगै किसानहरु खेतबारी पुगिसकेका हुन्छन् ।

 

हुन त सरकारले लकडाउनको पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । तर चैते धान समयमा नलगाउँदा वर्षभरी हातमुख जोड्न समस्या हुने भएपछि खेतीपातीको याममा कोरोना भाइरसको त्रास झन् झन् बढ्दै गएपनि धादिङका किसानहरु आफ्नो खेतीकिसानीलाई निरन्तरता दिन बाध्य छन् ।

 


सम्बन्धित खबरहरु