आज: 

कोरोना आशङ्का गरिएका ९ को रिपोर्ट नेगेटिभ

ओके खबर २२ चैत्र २०७६, शनिबार ०९:३७ मा प्रकाशित ( साल अघि) ४३५ पाठक संख्या

लहान । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि पठाएको
९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा चुमनलाल दासा अनुसार परीक्षण रिपोर्ट नेगेटिभ आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

भारतका विभिन्न ठाउँबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ तथा गत चैत्र ४ गते फ्रान्सको विमानमा नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका एक गरी नौ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो ।


सम्बन्धित खबरहरु