अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा मास्क लगाउन अस्वीकार !

ओकेखबर संवाददाता २२ चैत्र २०७६, शनिबार ०९:०९ मा प्रकाशित ( साल अघि) ५९९ पाठक संख्या

एजेन्सी । आफ्नै सरकारले जारी गरेको आदेशको अवज्ञा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पले आफूले कहिल्यै मास्क नलगाउने बताएका हुन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै आएको छ ।

शुक्रबारको नियमित प्रेस सम्मेलनमा मास्कबिनै प्रस्तुत भएका उनले आफू मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, डिटेक्टर, राजा, महारानीसँगको भेटमा प्रस्तुत हुने कल्पनासम्म गर्न नसक्ने बताए ।

उनले मास्कका सम्बन्धमा सिडसीले शुक्रबार जारी गरेको सुझाव पनि स्वैच्छिक भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले नियमको आफूले पनि उल्लंघन गरेको र अरुलाई पनि उल्लंघन गर्नका लागि प्रेरित गरेको विभिन्न संचारमाध्यमले जनाएका छन् ।


सम्बन्धित खबरहरु