आज: 

स्पेनको अवस्था थप भयावह : एकैदिन ९१३ जनाको मृत्यु

ओके खबर १८ चैत्र २०७६, मंगलवार ०७:१९ मा प्रकाशित ( साल अघि) ५९८ पाठक संख्या

एजेन्सी । इटलीपछि स्पेनको अवस्था थप भयावह बन्दै गएको छ । आज एकैदिन ९ १३ जनाको मृत्यु भएको छ ।

योसँगै स्पेनमा मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।

स्पेनमा संक्रमितमध्ये ५ हजार २ सय ३१ को अवस्था थप गम्भिर बनेको छ ।

संक्रमितको संख्यामा स्पेनले चीनलाई पनि उछिनेको छ । ७ हजार ८ सय ४६ जना नयाँ बिरामी थपिएसँगे स्पेनमा संक्रमितको संख्या ८७ हजार ९ सय ५६ पुगेको छ ।

अहिलेसम्म १६ हजार ७ सय ८० जना मात्रै निको भएर घर फर्किएका छन् ।


सम्बन्धित खबरहरु