
कोभिड १९ को आशंकामा धादिङको खनियाबास गाउँपालिकाका ३५ वर्षीय युवकलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएका थियो ।

केहि दिन अघि भारतबाट फर्किएका उनलाई आइतबार बिहान धादिङ अस्पतालले उपचारको लागि काठमाडौं पठाइएको थियो ।
पाटन अस्पतालको आईसियूमा राखेर उपचार गराइएका उनको आइतबार राती नै मृत्यु भएको हो ।