कोरोना आशंकामा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

ओकेखबर संवाददाता १७ चैत्र २०७६, सोमबार १७:१२ मा प्रकाशित ( साल अघि) ६३० पाठक संख्या

कोरोना आशंका गरिएको धादिङका युवकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड १९ को आशंकामा धादिङको खनियाबास गाउँपालिकाका ३५ वर्षीय युवकलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएका थियो ।

केहि दिन अघि भारतबाट फर्किएका उनलाई आइतबार बिहान धादिङ अस्पतालले उपचारको लागि काठमाडौं पठाइएको थियो ।

पाटन अस्पतालको आईसियूमा राखेर उपचार गराइएका उनको आइतबार राती नै मृत्यु भएको हो ।


सम्बन्धित खबरहरु