नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

ओकेखबर संवाददाता १५ चैत्र २०७६, शनिबार १६:५४ मा प्रकाशित ( साल अघि) ११२७ पाठक संख्या

काठमडौंं । नेपालमा कोरोना भाइसरको संक्रमण पुष्टि भएको औपचारिक संख्या पाँच पुगेको छ । बागलुङकी २२ वर्षीया युवतीमा कोरोना भाइरस
संक्रमण पुष्टि भएको हो ।
उनालाई अहिले सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।


सम्बन्धित खबरहरु