कोरियावासी नेपालीले कोरोना परिक्षणको दुई हजार किट्स नेपाल पठाउँदै

ओकेखबर संवाददाता १४ चैत्र २०७६, शुक्रबार २१:०४ मा प्रकाशित ( साल अघि) १८०६ पाठक संख्या

दक्षिण कोरिया । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरिया र त्याहाँ कार्यरत स्वतन्त्र अभियान्ताहरुको संयुक्त पहलमा कोरोना परिक्षणमा प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई सहयोग गर्ने भएको छ ।

योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता गरि किट्स र अन्य स्वास्थ्य सामग्री खरिदको तयारी भैरहेको एनआरएनए कोरियाले जनाएको छ ।

मातृभूमिमा परेको विपत्तिमा हातेमालो गर्नका लागि कोरियामा रहेका नेपालीहरुसँग एक व्यक्ति, एक किट अभियान चलाइएको छ । उक्त अभियानमार्फत शुक्रवारसम्म ३८ सय भन्दा बढी नेपालीले गरेको सहयोगबाट झण्डै एक करोड रुपैयाँ संकलन भइसकेको छ । आइतबारसम्म चल्ने उक्त अभियानबाट एक करोड भन्दा बढी रकम संकलन हुने अपेक्षा गरिएको अध्यक्ष यज्ञराज सुवेदीले बताए ।

त्यसो त चीनले बिहीबार एक सूचना जारी गर्दै कोरोना संक्रमण फैलिएकोले चीन र दक्षिण कोरियाबीचको हवाई सेवा स्थगन गरेको थियो ।
यससंगै चीन हुँदै नेपाल पठाउने भनिएको कोराना परिक्षणको किट्स ल्याउन समस्या भएको छ । यस समस्याबारे छलफलमार्फत समाधान गरि छिट्टै सामान नेपाल पठाउँने अभियानका संयोजक यदु लामिछानेले  बताए ।

किट्स कोभिड– १९ को सङ्क्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ । किट्समा बिरामीको र्याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ ।

दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन् । हालसम्म यहाँ रहेका नेपाली कोरोना सङ्क्रमण हुनबाट सुरक्षित छन् ।


सम्बन्धित खबरहरु