आज: 

चौथो कोरोना संक्रमित धनगढीमा भेटिए

ओके खबर १४ चैत्र २०७६, शुक्रबार १९:३४ मा प्रकाशित ( साल अघि) ६०३ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या चार पुगेको छ ।

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका उनि प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


सम्बन्धित खबरहरु