प्रधानमन्त्री ओली अस्पताल भर्ना

ओकेखबर संवाददाता १४ चैत्र २०७६, शुक्रबार ०८:५८ मा प्रकाशित ( साल अघि) ५०२ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो ।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ ।

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


सम्बन्धित खबरहरु