मजदूरको लगत निकालेर राहत दिइने

ओकेखबर संवाददाता १३ चैत्र २०७६, बिहीबार २२:०३ मा प्रकाशित ( साल अघि) ३५८ पाठक संख्या

लुम्बिनी । कोभिड ९१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि सिद्धार्थनगरपालिका रुपन्देहीले दैनिक ज्याला मजदूरी गरेर जीविका निर्वाह गर्नेको लगत सङ्कलन शुरु गरेको छ ।

नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले नगरभित्र रहेका मजदूरको वास्तविक तथ्याङ्क सङ्कलन गरेर उनीहरुको परिवारलाई दैनिक रुपमा आवश्यक पर्ने राशनको व्यवस्थापन नगरपालिकाले गर्नेगरी तयारी थालेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो ।

कार्यपालिकाको बैठकले कोभिड १९ को कारण देखिएको विपद्लाई व्यवस्थापन गर्न तत्कालका लागि रु ११ लाख ५१ हजारको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ । बैठकले उक्त कोष सञ्चालनका लागि नगर प्रमुख अधिकारी संयोजक रहेको नौ सदस्यीय समिति पनि गठन भएको छ ।

कोषमा नगरप्रमुखले व्यक्तिगत रुपमा रु २१ हजार, उपप्रमुखले रु १५ हजार र सबै वडाध्यक्षले रु एक हजारका दरले १३ वडाबाट रु १३ हजार सङ्कलन भइसकेको छ । बैठकले नगरमा खाद्यान्न, तरकारी, दूध औषधिलगायत अत्यावश्यक वस्तु जनतालाई सहज रुपमा पु¥याउन प्रत्येक वडामा वडाध्यक्ष र सदस्यलाई समन्वय गर्ने जिम्मेवारीसमेत दिएको नगरका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले बताउनुभयो ।


सम्बन्धित खबरहरु