इटलीमापछि स्पेनको अवस्था भयावह, मृत्यु हुनेको संख्या ३ हजार ४ सय नाघ्यो

ओकेखबर संवाददाता १२ चैत्र २०७६, बुधबार १९:५७ मा प्रकाशित ( साल अघि) ७६२ पाठक संख्या

एजेन्सी । विश्वका १९६ देशमा फैलिएको कोरोना भाईरसका कारण अहिलेसम्म १९ हजार ६ सय ४३ जनाको ज्यान गएको छ । त्यसमध्ये सबैभन्दा इटलीमा ६ हजार ८ सय २० जनाको मृत्यु भएको छ ।

इटलीपछि स्पेनको अवस्था पनि भयावह बन्दै गएको छ । स्पेनमा थप ४४३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३४ जनाको पुगको छ ।

जबकी कोरोना संक्रमणको उद्गमस्थल चीनमा अहिलेसम्म ३ हजार २ सय ८१ जनाको ज्यान गएको छ । यो चीनको भन्दा झण्डै २ सय ले बढि हो । स्पेनपति ईरानको अवस्था पनि त्यस्तै छ ।

इरानमा आज मात्रै १४३ जना थपिएपछि मृत्यु हुनेको संख्या २ हजार ७७ पुगेका छ । संक्रमित ४ लाख ३६ हजार ४ सय ८१ जनामध्ये अहिलेसम्म १ लाख ११ हजार ८ सय ८९ जना मात्रै निको भएर घर फर्किएका छन् ।


सम्बन्धित खबरहरु