विश्व भयावह, कोरोना आतंकबाट अहिलेसम्ममा झण्डै १९ हजारको मृत्यु

ओकेखबर संवाददाता १२ चैत्र २०७६, बुधबार ०८:५९ मा प्रकाशित ( साल अघि) ५५५ पाठक संख्या

काठमाडौं । कोरोना भाईरसको संक्रमणका कारण अहिलेसम्म झण्डै १९ हजारको मृत्यु भएको छ ।

संक्रमित भएका ४ लाख २१ हजार मध्ये ८ हजार ८ सय १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

 

संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ८८ जना मात्रै निको भएर घर फर्किएका छन् । यो भनेको संक्रमितमध्ये २५ प्रतिशत मात्रै हो । सबैभन्दा धेरै भयावह अवस्था ईटली र स्पेनको छ । ईटलीमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ७१ जनाको मृत्यु भएको छ । यो सँगै ईटलीमा मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।

 

ईटलीमना आज मात्रै ५ हजार २ सय ४९ जना बिरामी थमिएका छन् । जम्मा संक्रमित ६९ हजार १ सय ७६ जनामध्ये ८ हजार ३ सय २६ जना मात्रै निको भएर घर फर्किएका छन् । ३ हजार ३ सय ९३ जनाको अवस्था गम्भिर छ ।

यस्तै स्पेनमा पछिल्लो २४ घण्टामा ६ सय ८० जनाको मृत्यु भएको छ । यो संगै स्पेनमा मृत्यु हुनेको संख्या २ हजार ९ सय ९१ पुगेको छ । आज मात्रै ६ हजार ९ सय २२ जना नयाँ बिरामी थपिएका छन् । स्पेनमा ४२ हजार ५८ जना संक्रमितमध्ये ११ सय ७५ जनाको अवस्था गम्भिर छ ।

 

ईटली र स्पेनपछि आज फ्रान्समा २४०, अमेरिकामा १४५ । ईरानमा १२२ जनाको मृत्यु भएका छ । १९७ देशमा फैलिएको यो संक्रमणका कारण आज मात्रै २२ सय ९६ जनाको मृत्यु भएको छ । ४२ हजार ५ सय ६८ जना नयाँ बिरामी थपिएका छन् ।


सम्बन्धित खबरहरु