मंगलबार मध्यरातदेखि भारतमा २१ दिन ‘लकडाउन’

ओकेखबर संवाददाता ११ चैत्र २०७६, मंगलवार २२:४२ मा प्रकाशित ( साल अघि) ३३५ पाठक संख्या

एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मध्यरातदेखि २१ दिनसम्म लकडाउन गराउने घोषणा गरेकाा छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देसबासीको नाममा सम्बोधन गर्दै यसको जानकारी गराएका हुन् ।

भारतमा संक्रमितको संख्या ५ सय नाघेको छ भने १० जनाको मृत्यु भइसकेको छ।

‘भारतलाई बचाउन सबै नागरिक, सबै गल्ली र सबै क्षेत्र लकडाउनमा राखिनेछन्,’ मोदीले देशबासीको सम्बोधनका क्रममा भने।

स्वास्थ्य अनुसन्धानकर्ताहरुले मध्य अप्रिलसम्म भारतमा १० लाखभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणमा पर्ने प्रक्षेपण गरेपछि मोदीले यो घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।


सम्बन्धित खबरहरु