नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना, यात्रुलाई राहत

ओकेखबर संवाददाता ७ चैत्र २०७६, शुक्रबार १९:५० मा प्रकाशित ( साल अघि) ३४४ पाठक संख्या

काठमाडौं । विश्वभर फैलिएको महामारी कोरोनाभाइसरको संक्रमणको सम्भावित जोखिमबाट बच्नको लागि काठमाडौं उपत्यकाबासीहरु धमाधम राजधानी छोठ्ने लर्को लागेको छ । त्यसते त कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँ बसपार्कमा सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।

 

स्वास्थ्य सेवा विभाग, काठमाडौँ महानगरपालिका–२६ र नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिको सक्रियतामा आज नयाँ बसपार्कमा हेल्थ डेक्स स्थापना गरिएको हो । नयाँ बसपार्कमा हेल्थ डेक्सको स्थापनासँगै कोरोनाको त्रासमा रहेका यात्रुलाई राहत मिलेको छ ।

 

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवर कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नयाँ बसपार्कमा हेल्थ डेक्स स्थापना गरिएको बताउनुहुन्छ । “सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायत विभिन्न रोग परीक्षणका लागि हेल्थ डेक्सले सहयोग पुग्नेछ,” उहाँ भन्नुहुन्छ ।

 

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी मुलुककै राष्ट्रिय बसपार्कका रुपमा रहेको नयाँ बसपार्कबाट आवतजावत गर्ने यात्रुको स्वास्थ्य परीक्षणमा हेल्थ डेक्सले सहयोग पुग्ने बताउनुहुन्छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला हेल्थ डेक्सको स्थापनासँगै काठमाडौँ भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताउनुहुन्छ ।

नयाँ बसपार्कमा दैनिक उपत्यकाबाहिर विभिन्न जिल्लाबाट एक हजारभन्दा बढी सार्वजनिक यातायात आवतजावत गर्दै आएको प्रालिका महाप्रबन्धक सुनिल कुँवर बताउनुहुन्छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले यसअघि ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालको सहकार्यमा नयाँ बसपार्कभित्र चालक, सहचालक तथा यात्रुलाई निःशुल्क परामर्श तथा स्वास्थ्य जाँच गर्दै आएको थियो । रासस


सम्बन्धित खबरहरु