पैसा नदिएको रिसमा इँटाले टाउकोमा प्रहार गरी १० वर्षीय बालकको ह*त्या

ओकेखबर संवाददाता ७ चैत्र २०७६, शुक्रबार १६:५३ मा प्रकाशित ( साल अघि) ६३७ पाठक संख्या

रुपन्देही । रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको ह*त्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी ह*त्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

यही चैत ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा श*व फेला परेको थियो । बिहान करिब ११:३० बजे स्थानीयवासीले श*व भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

सिक्टहन माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत हरिजनलाई विद्यालयले रु चार सय छात्रवृत्ति रकम प्रदान गरेको थियो । सोही रकम नदिएको रिसमा स्थानीय १५ वर्षीय बालकले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिनुभयो । उनले बाबुसँगको मिलेमतोमा आकाशको ह*त्या गरेको आशङ्कामा प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

 

“आरोपीले विद्यालयले दिएको रकम आफूलाई दिन ललाइफकाई गर्दा पनि आकाशले नदिएपछि इँटाले हानेर ह*त्या गरेको स्वीकार गरेका छन्, १५ वर्षको मात्रै भएका कारण नाम सार्वजनिक गरिएको छैन”, उहाँले भन्नुभयो ।

 

हत्याको आशङ्कामा आकाशका परिवारजनले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।


सम्बन्धित खबरहरु