कोरोना आतंक: विश्वभर १० हजारभन्दा बढीको ज्यान गयो, चिनमा भन्दा इटलीमा धेरै

ओकेखबर संवाददाता ७ चैत्र २०७६, शुक्रबार १०:२६ मा प्रकाशित ( साल अघि) ४३४ पाठक संख्या

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ ।

त्यसो त कोरोनाको उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ ।

चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।

इटली र चीनपछि मध्यपूर्वको देश इरान कोरोनाबाट प्रभावित बनेको छ । त्यहाँ पछिल्लो २४ घण्टामै १ सय ४९ कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनबाट ज्यान गुमाउनेको संख्या इरानमा १ हजार २ सय ८४ पुगेको छ ।

मृत्यदुरका हिसाबले स्पेन चौथो नम्बरमा छ । यहाँ हालसम्म ८ सय ३१ मानिसको ज्यान गएको छ । उपचारका क्रममा बिहीबार मात्रै १९३ ले ज्यान गुमाए ।

गत डिसेम्बरमा चिनबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म २ लाख ४५ हजार ७४९ संक्रमित भएकोमा १० हजार ४६ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भने ८८ हजार ४४१ जना उपचारपछि घर फर्केका छन् । ।


सम्बन्धित खबरहरु