निर्भया सामूहिक बलात्कार प्रकरणः चारै जनालाई शुक्रबार बिहानै मृत्युदण्ड

ओकेखबर संवाददाता ७ चैत्र २०७६, शुक्रबार ०८:२८ मा प्रकाशित ( साल अघि) ५८६ पाठक संख्या

नयाँ दिल्ली । निर्भया सामूहिक बलात्कार प्रकरणका चारैजना दोषीलाई मृत्युदण्ड दिइएको छ। निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन्।

गत डिसेम्बर १६, २०१२ मा साथीसँग बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए। ती युवतीमाथि रडले आक्रमण गर्दै बलात्कार गरेका थिए। घटनाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो।

फाँसी दिइएपछि निर्भयाका बुबाले देशमा महिलाका मुद्दामा छिटो फैसला हुने कानुन आवश्यक परेको बताएका थिए।

बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए। निर्भया बलात्कारण काण्ड र हत्याकाण्डका दोषीहरुलाई फाँसीबाट बचाउनका लागि बिहीबार मध्यरातमा दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरु मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएको थियो।

दोषीहरुका वकिल एपी सिंहले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पटियाला हाउस कोर्टले फाँसीमा रोक नलागाएको भन्दै दिल्ली हाईकोर्टमा याचिका दायर गरेका थिए। दिल्ली हाईकोर्टले याचिका खारेज गरेपछि दोषीहरुका वकिल अन्तिम अस्त्र प्रयोगका लागि मध्यरातमा सर्वोच्च अदालत पुगेका थिए।


सम्बन्धित खबरहरु