जलेर ९० वर्षीया वृद्धाको मृ*त्यु

ओकेखबर संवाददाता ६ चैत्र २०७६, बिहीबार १८:४३ मा प्रकाशित ( साल अघि) ४६७ पाठक संख्या
इनरुवा । सुनसरीमा एक वृद्धाको जलेर मृ*त्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १६ का ९० वर्षीया आशादेवी राना रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आफ्नै घरको पूजा कोठामा पूजा गर्ने बेला धूपबत्तीबाट आफैले लगाएको लुगामा अचानक आगो लागेको थियो ।

आगो लागेपछि गम्भीर घाइते भएकी आशादेवीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मृ*त्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस


सम्बन्धित खबरहरु