आज: 

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्याे

ओके खबर ३ चैत्र २०७६, सोमबार २०:२१ मा प्रकाशित ( साल अघि) २८३ पाठक संख्या

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

 

भारतबाट मूल्य घटेर आएकाले नेपालमा र पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ रहने गरि समायोजन गरिएको निगमले जनाएको छ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ। घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

 

आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाइएको छ। नयाँ मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।

 

मूल्य समायोजनपछि अब बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोबाट १५ किलोमिटर दुरीसम्म ढुवानी हुने पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा कायम भएको छ।


सम्बन्धित खबरहरु