विभिन्न चरण हुँदै सुमन कोइराला र खड्गबहादुर पुन मगरलाई पछि पार्दै उनले उपाधी जितेका हुन् । यी तीन जना फाईनलमा पुगेका थिए ।
यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए। मगर र कोइराला भने भोटबाट छानिएका हुन्।
उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए।
धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन्। उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए।