कोरोना क्वारेन्टाइनमा अस्ट्रेलियाका गृहमन्त्री, बेलायतका स्वास्थ्यमन्त्री र क्यानाडाका प्रधानमन्त्री पत्नी

ओकेखबर संवाददाता १ चैत्र २०७६, शनिबार ०८:३९ मा प्रकाशित ( साल अघि) २९५ पाठक संख्या

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा घोषित कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया लगायतका मुलुकका उच्चपदस्थ अधिकारीहरुसमेत पीडित भएका छन् ।

स्ट्रेलिया गृहमन्त्री पिटर डुटोनलाई कोरोना भाइरस भएको पुष्टि गरिएको छ । मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मन्त्री पिटर शुक्रबार बिहान उठ्ने बित्तिकै शरीरको तापक्रम बढेको र घाँटी दुखेको थियो। पछि उनको कोरोना जाँच गर्दा कोभिड १९ भएको पुष्टि गरिएको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदै पूर्व सावधानी स्वरुप भिडभाड नगर्न र पाँच सयभन्दा बढी मानिसहरु एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाउने निर्णय गरेको सीएनएनको समाचारमा उल्लेख छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफीलाई पनि कोरोना संक्रमण भएको छ । बेलायतमा आयोजित एक कार्यक्रमबाट फर्किएलगत्तै सोफी रुघाखोकीबाट ग्रसित बनेकी थिइन्। त्यसलगत्तै गरिएको परीक्षणमा उनमा कोरोनाको संक्रमण देखिएको हो । पत्नीलाई कोरोना भएपछि प्रधानमन्त्री जस्टिन पनि घरमै क्वारेन्टाइनमा बसेका छन् । आफ्नै घरमा चिकित्सकको निगरानीमा रहेका उनीहरु १४ दिन क्वारेन्टाइनमै बस्नेछन् ।

बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको मन्त्री डोरीजले बताएकी छन् । उनी कोरोना भाइरसबाट संक्रमति हुने पहिलो संसद् सदस्य रहेको बिबिसीले जनाएको छ।

संयुक्त राष्ट्र अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही दिनअघि भेटेका ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोका प्रेस सेक्रेटरी फाबियो वाजगार्टेनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रपति बोलसोनारोका प्रेस सेक्रेटरीलाई कोरोना भाइरसको संक्रमण भएपछि उनलाई पनि नगरानीमा राखिएकोे सीएनएनले जनाएको छ।

विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रिता विल्सन कोरोनाभाइरसबाट संक्रमित भएको रोयटर्सले जनाएको छ। ६३ वर्षको यो जोडीको अष्ट्रेलियामा जाँचका क्रममा कोरोनाभाइरस रहेको पुष्टि भएको हो। त्यहाँ फिल्मको काम गरिरहेका थिए। काम गर्दा गर्दा ज्वरो आएपछि जाँच गरिएको थियो ।

कोरोना रोगका बारेमा सबैभन्दा पहिले सन्देश जारी गर्ने चिनियाँ डाक्टर ली वेनलियाङको यही रोगले मरण भयो । उनी मात्र ३४ वर्षका थिए ।

वुहानको एक अस्पतालमा आपतकालीन उपचारलगत्तै उनको मृत्यु भएको थियो । डा। वेनलियाङले पहिलोपटक कोरोनाको विषयमा सामाजिक सञ्जालमा लेख्दा निकै जोखिम मोलेका थिए । किनकि, नियन्त्रणकारी चिनियाँ शासनमा सरकारले उनलाई ‘दुष्प्रचार गरेको’ आरोपमा दण्डित गर्ने खतरा थियो ।


सम्बन्धित खबरहरु