आज: 

तीन लाख घुसप्रकरणमा यसरी मुछिइन् पर्यटनमन्त्री योगेशकी पत्नी (प्रमाण सहित)

ओके खबर २९ फाल्गुन २०७६, बिहीबार ११:१६ मा प्रकाशित ( साल अघि) ८६७ पाठक संख्या

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको छ । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने र उक्त रकम घिमिरेले खाने भन्दै गरिएको च्याट बाहिरिएको छ।

काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएको छ। काउन्सिलको सदस्य जिता बरालले एक विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेकी छन् । च्याटमा जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन्। अहिले उक्त च्याट समाजिक सञ्जालमा भाइरल भइरहेको छ।

च्याटमा जिताले कुरा गरेकी विद्यार्थीले काउन्सिलको २४ औँ परिक्षाबाट लाइसेन्समा उत्तिर्ण भएकी छिन । च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छिन । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन ।

 

उनले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ ।

जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन । जहाँ २ लाख ५० हजार अहिले नै हालेको र ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छन् ।


सम्बन्धित खबरहरु